punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धानको रैथाने जात हराउँदै

Chaupati
safha napa

पुराना जातको धान खेती हराउॅदै गएको छ । पुराना जातको धानको उत्पादन कम हुने भएपछि किसानले ती जातका धान लगाउन छोड्दै गएपछि पश्चिम तराईको रैथाने धान लोप हुँदै गएको हो ।

सौठ्यारी, थापाचीनी, अन्डी, गरुवा, पोखरेली मसिनोलगायतका पुराना धानको सट्टा किसानले मकवानपुर, राधा–४, सर्जु–५२, सावित्री, सावा मन्सुलीलगायतका जातका धान खेती गरिरहेका पाइन्छ

पुराना जातबाट उत्पादन पनि कम हुने र रोगकिरासित लड्ने क्षमतामा पनि कम हुने भएकाले पुराना जातको सट्टा नयाँ नयाँ जातको धान खेती हुने गरेको रानी जमरा कुलरिया सिॅचाइ आयोजनाको कृषि कार्यान्वयन एकाइ टीकापुरका प्रमुख भरत कँडेलले बताए ।

‘अहिलेको समय उत्पादन बढी खोज्ने भएकाले पुराना जातका धानबाट बढी उत्पादन लिन सकिँदैन,’ उनले भने, ‘उत्पादन समय पनि बढी लाग्ने भएकोले पुराना जातका धान खेती किसानले छोड्दै गएका हुन् ।’

कडेलका अनुसार बालीको निश्चित अवधिपछि रोगकिराको प्रतिरोधात्मक शक्तिमा कमी हुन्छ । यसले रासायनिक मल तथा विषादी बढी प्रयोग गर्नुपर्ने हुनाले उत्पादन लागत बढ्न जाँदा किसानले नयॉ जात खोज्छन् ।

अनि अनुसन्धान निकायले नयॉ नयॉ जातको विकास गर्ने गर्छन् ।’ पुराना जात हराउँदै जॉदा जेनेटिक बायोडाइभर्सिटी कम हुने कॅडेलले बताए । उनले भने, ‘पुराना जातको रोगकिरासित लड्ने क्षमता बढी छ भने त्यो गुण नयॉ जातमा राख्न पाए राम्रो हुन्छ । वायो डाइभर्सिटी कम हॅुदा हाइब्रिड जात निकाल्ने ग्राउन्ड कम हुने हुन्छ ।’


३१ भदौ २०७८, बिहीवार १५:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु