punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तालमा डुबेर सशस्त्र प्रहरी जवानको मृत्यु

Chaupati
safha napa

कञ्चनपुरमा तालमा डुबेर सशस्त्र प्रहरीका एक जवानको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका–३ खिरियाका २५ वर्षीय जितबहादुर चौधरीको सोही ठाउँमा पर्ने बन्दा तालमा डुबेर मृत्यु भएको हो ।

साथीहरूसँगै बन्धातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका चौधरी दुई घण्टापछि मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए। उनका अनुसार चौधरी बिदामा घर आएका थिए ।

मृतक चौधरीको शव पोस्टमार्टमका लागि श्रीपुर स्वास्थ्य चौकी बेलौरीको शव गृहमा राखिएको छ । चौधरी हाल कञ्चनपुरको झलारीस्थित नम्बर ३५ नम्बर गण शैलेश्वरीमा कार्यरत थिए ।


३१ भदौ २०७८, बिहीवार १०:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु