Hotel Flora Long Ad

चीनमा पुरुषलाई बिहे गर्न केटी अभाव, दिइयो यस्तो अनौठो सुझाव

छिमेकी देश चीनमा पुरुषलाई बिहे गर्न केटी अभाव देखिएको छ । पुरुषले केटी नपाउने अवस्था आएपछि एकजना अर्थशास्त्रीले पुरुषहरुको बिहे नहुने समस्या समाधानका लागि बहुपति प्रथा अबलम्बन गर्नुपर्ने सुझाव दिएका छन् ।

वास्तवमा सन् १९८० मा एक सन्तान नीति अबलम्बन गरेसँगै चीन लिंग अनुपातमा यसको ठूलो असर परेको छ । अहिले विवाह योग्य उमेरका धेरै युवकहरुलाई बिहे गर्नका लागि केटी पाउन मुस्किल परिरहेको छ ।

उक्त समस्या समाधानका लागि कांग एनजी नामक चिनियाँ अर्थशास्त्रीले निकै अनौठो उपाय सुझाएका छन् । उनले तिब्बतमा सदियौँदेखि चलिआएको बहुपति प्रथालाई चीनभर अबलम्बन गर्नुपर्ने सुझाव दिएका छन् ।

उनका अनुसार अहिले चीनमा लिंगानुपात निकै धेरै छ, जसका कारण कैयन् युवकहरुको बिहे हुन पाएको छैन । जसले गर्दा कतिपय छिमेकी देशबाट बिहेकै लागि भनेर महिलाहरुको तस्करी चीनमा हुने गरेका घटना पनि सार्वजनिक हुने गरेका छन् ।

यदि चीनमा पुरुषहरुले बिहेका लागि महिला नपाउने र अविवाहित नै रहनुपर्ने समस्याको समाधान भएन भने त्यसले सन्तान उत्पादन कम हुनेछ र अन्ततः चीनको अर्थव्यवस्थामा त्यसको प्रभाव पर्ने चेतावनी दिइएको छ ।

यद्यपि चीनले एक सन्तान नीति खारेज गर्दै अहिले तीन सन्तान नीति अख्तियार गरिसकेको छ । तर विवाहयोग्य उमेरका छोरीहरुको संख्या निकै कम हुनाले पुरुषहरु अविवाहित नै रहनुपर्दा तीन सन्तान जन्माउन सकिने अवस्था पनि छैन ।

बहुपति प्रथा निकै अनौठो प्रथा हो । उक्त परम्परा अनुसार एकजना स्त्रीको विवाह परिवारका दुई वा त्यसभन्दा बढी दाजुभाइसँग गराइन्छ । यद्यपि विवाह समारोहमा भने जेठो दाइले मात्र सबै प्रक्रिया पूरा गर्दछ ।

बिहेपश्चात् चाहिँ बेहुली सबै भाइहरुकी साझा बन्दछिन् सबैसँग लोग्नेस्वास्नीको सम्बन्ध कायम गर्नुपर्दछ । त्यसरी जन्मिएका बच्चाहरु पनि सबैका साझा बन्दछन्, किनकि वास्तविक जैविक पिता को हो भन्ने पत्ता लगाउन पनि कठिन हुन्छ ।

अर्थशास्त्री प्राध्यापकको यस्तो सुझावले चीनमा एक प्रकारको चर्चा र विवादको सिर्जना गरेको छ अहिले । यदि केटा र केटी दुवै पक्ष यसमा सहमत हुनेहो भने यो प्रथालाई अपनाउन सकिने उनको तर्क छ ।


३१ भदौ २०७८, बिहीवार १०:२५ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु