punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

९ गोल भएको खेलमा म्यानचेस्टर सिटीको सानदार जित

Chaupati
safha napa

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत समूह ‘ए’ मा इंग्लिस क्लब म्यानचेस्टर सिटीले सानदार सुरुवात गरेको छ।

कुल ९ गोल भएको खेलमा सिटीले जर्मन क्लब आरबी लाइपजिगको पोस्टमा आधा दर्जन गोल गर्‍यो। सिटीले ६–३ को जित निकालेको हो।

खेलको १६ मिनेटमा एकेको गोलबाट सिटीले अग्रता लियो। २८ मिनेटमा मुकिइले आत्मघाती गोल गर्दा सिटीको अग्रता दोब्बर भयो। ४२ मिनेटमा लाइपजिगका एनकुन्कुले गोल फर्काए।पहिलो हाफको इन्जुरी टाइममा रियाद महारेजले पेनाल्टीबाट गोल गर्दै सिटीलाई पहिलो हाफमा ३–१ ले अघि बढाए।

दोस्रो हाफमा सिटीका ग्रेलिसले ५६, कान्सेलोले ७५ र जेससले ८५ मिनेटमा गोल गरे।लाइपजिगका एनकुन्कुले ह्याट्रिक पूरा गर्ने क्रममा ५१ र ७३ मिनेटमा थप दुई गोल गरे।लाइपिजका एन्जेलिनो ७९ मिनेटमा दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाडन् बाध्य भए।


३१ भदौ २०७८, बिहीवार ०९:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु