punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्र बैंकले कहिलेदेखि वितरण गर्छ दशैँंका लागि नयाँ नोट ?

Chaupati
safha napa

नेपाल राष्ट्र बैंकले दशैँंका लागि नयाँ नोट वितरण गर्ने भएको छ। बैंकले यो वर्षको दशैँंका लगि असोज ४ गतेदेखि नयाँ नोट वितरण गर्ने तयारी गरको छ ।

देशका सबै वाणिज्य बैंकका शाखामार्फत नोट वितरण गरिने मुद्रा व्यवस्थापन विभागले जनाएको छ। अधिकांश बैंकहरुले नयाँ नोट लगिसकेको विभागले बताएको छ। विकास बैंक तथा फाइनान्स कम्पनीले समेत नयाँ नोट लगिसकेका छन्।

यसअघि केन्द्रीय बैंकले घटस्थापनापछि मात्र नयाँ नोट उपलब्ध गराउने गर्थ्यो। कोरोना महामारीबीच भीडभाड नहोस् भन्ने उद्देश्यले सबै वित्तीय संस्थामार्फत नयाँ नोट उपलब्ध गराइएको हो।

हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष कोरोनाका कारण नयाँ नोट वितरण गरेको थिएन। यो वर्ष प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण हुने जनाइएको छ।

विगतमा सुकिलो नोट पनि वितरण गरेकोमा यो वर्ष नयाँ नोट नयाँ नै वितरण गरेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोट उपलब्ध गराएको छ।


३० भदौ २०७८, बुधवार १४:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु