punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अवरुद्ध पूर्वपश्चिम राजमार्ग खुल्यो

Chaupati
safha napa

सडक दुर्घटनामा एक जनाको मृत्युपछि अवरुद्ध बनेको पूर्वश्चिम राजमार्ग अन्तर्गको महेन्द्रनगर सडकखण्ड खुलेको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका –५, स्थित पूर्व पश्चिम राजमार्गमा अत्तरियाबाट महेन्द्रनगर जाँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले आज विहान ठक्कर दिँदा साइकल चालकको मृत्यु भएपछि सडकखण्ड अवरुद्ध पारिएको थियो ।

स्थानीयले कारबाही र क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध गरेका थिए। अवरुद्ध पार्ने पक्षसँग छलफल गरेर सहमति गर्ने भएपछि बन्द गरिएको पूर्वपश्चिम राजमार्ग सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुरका प्रवक्ता डिएसपी सिद्धराज न्यौपानेले जानकारी दिए ।

एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका साइकल चालक कृष्णपुर –५ का ४५ वर्षीय कृष्ण बहादुर ऐरको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।


३० भदौ २०७८, बुधवार १४:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु