punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढी उपमहानगरपालिकामा कोभिड खोप लगाउन अनलाइन दर्ता अनिवार्य

Chaupati
safha napa

धनगढी उपमहानगरुपालिकाले आफ्ना नागरिकहरुलाई कात्तिक मसान्तसम्ममा पूर्ण खोप लगाउने अभियानअन्तर्गत खोप लगाउन अनलाइन दर्ता अनिवार्य गरेको छ ।

उपमहानगरपालिकाको सोमबार बसेको बैठकले धनगढी उपमहानगरपालिकाभित्रका करिब डेढ लाखमध्ये खोप लाउने उमेर समूहका एकलाख जनसंख्यालाई कात्तिक मसान्तसम्ममा पूर्ण खोप लाउने नगर प्रमुख नृप बहादुर वडले बताए ।

उपमहानगरपालिकाका १९ वटै वडाका खोप लाउने उमेर समूहलाई अनलाइन दर्ता गर्न मेयर वडले आग्रह गरे । उनले अनलाइन दर्ता नगरे खोप लाउन नपाउने भन्दै दर्ता गर्न नसक्नेका लागि समेत वडा कार्यालयमा सम्पर्क राखेर दर्ता गर्न आग्रह गरे ।

उपमहानगरपालिकाले vaccine.mohp.gov.np मा गएर त्यहाँ दिएको निर्देशन अनुसार अनलाइन दर्ता गर्न सकिने जनाएको छ ।


२९ भदौ २०७८, मंगलवार १५:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु