punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सभामुख प्रचण्डको कार्यकर्ता बने : भट्ट

Chaupati
safha napa

नेकपा ९एमाले० का सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले सभामुख अग्निप्रसाद सापकोटाले एमालेलाई भेदभावपूर्ण व्यवहार देखाएको आरोप लगाएका छन्।प्रेस चौतारी नेपाल, कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता भट्टले निष्पक्ष हुनुपर्ने सभामुख एक पक्षीय भएको आरोप लगाएका हुन्।

सभामुखले दिनु पर्ने निष्पक्षता दिन नसकेर सभामुख माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को कार्यकर्ता बनेको टिप्पणी पनि उनले गरे ।

‘सभामुखले दिनु पर्ने निष्पक्षता दिन सक्नु भएन। माओवादी केन्द्रको विशेषगरी अध्यक्ष प्रचण्डको कार्यकर्ताको रुपमा प्रस्तुत हुनु भएको छ’ उनले भने, ‘हामीलाई कारबाही गरेको सूचना दुई घण्टा भित्रै प्रकाशित गरेर निर्वाचन कार्यालयलाई पठाउनु भयो तर एमालेले कारबाही गरेका १४ सांसदको सूचना टाँस गर्नु भएन।’

सभामुख संविधानअनुसार दिएको दायित्वबाट च्युत भएर एक पक्षीय पार्टीको कार्यकर्ता भएको उनले जिकीर गरे।सभामुखले आफ्नो कमिकमजोरीलाई महशुस गरेर क्षमा नमागुन्जेलसम्म संसद चल्न नदिने नेता भट्टले बताए।


२९ भदौ २०७८, मंगलवार १५:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु