punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेल्धुरा वडा अधिवेशनमा असन्तुष्टि जनाउँदै केन्द्रीय निर्वाचन समिति संयोजक यादवद्वारा राजीनामा

Chaupati
safha napa

नेपाली कांग्रेसको १४औँ महाधिवेशन सम्पन्न गराउन बनेको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले राजीनामा दिएका छन्। स्रोतका अनुसार यादवले डडेल्धुरामा भएको वडा अधिवेशनको विषयलाई लिएर राजीनामा दिएका हुन्। कांग्रेसले औपचारिक रूपमा यसबारे जानकारी गराएको छैन।

‘राजीनामा दिएको कन्फर्म हो। रिजाइन स्वीकृत भए–नभएकोबारेमा भने जानकारी छैन। राजीनामाबारे उहाँले हिजो (बिहीबार) समिति सदस्यहरूलाई जानकारी गराउनुभएको छ। डडेल्धुराको वडा अधिवेशनलाई लिएर उहाँले राजीनामा दिनुभएको हो,’ समितिका एक सदस्यले  भने।

डडेल्धुरामा नेताहरू र समितिको असहमतिबीच आज वडा अधिवेशन भइरहेको छ। अधिवेशनलाई डडेल्धुराकै नेताहरूले समेत बहिष्कार गरेका छन्। ‘डडेल्धुराको चुनावबारे समितिलाई जानकारी छैन। समितिले निर्वाचन अधिकृत खटाएको थियो।

तर, पार्टीकै सहमतिबेगर प्रहरी लगाएर जबर्जस्ती चुनाव भइरहेको छ,’ ती सदस्यले भने।राजीनामाको सन्दर्भमा यादवसँग सम्पर्क गर्दा उनले यसबारे कुनै प्रतिक्रिया दिएनन्।


२५ भदौ २०७८, शुक्रवार १२:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु