कैलाली बहुमुखी क्याम्पसमा फेरी तालाबन्दी
कैलाली बहुमुखी क्याम्पसमा फेरी तालाबन्दी गरिएको छ। बीएएलएलबीका विद्यार्थीले गरेको तालाबन्दीको घटना सेलाउन नपाउँदै फेरि बुधवार तालाबन्दी गरिएको हो। बीबएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूले क्याम्पसमा तालाबन्दी गरेका हुन्।
उनीहरूले क्याम्पस प्रमुख, प्रशासन लगायत परीक्षा फाँटमा ताला लगाएको बताएका छन्। आफूहरूले चार बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएकोमा मागहरू सम्बोधन नभएको भन्दै तालाबन्दी गरिएको उनीहरूले जनाएका छन्।
विद्यार्थीलेहरुले तालाबन्दी गरेपछि क्याम्पस क्षेत्रमा तनाव उत्पन्न भएको छ भने क्याम्पसका कामहरू प्रभावित बनेका छन्। क्याम्पस प्रशासनले मागहरू सम्बोधन नगरे जस्तोसुकै कदम पनि उठाउन बाध्य हुने उनीहरूको चेतावनी छ। विद्यार्थीले क्याम्पसमा तनावग्रस्त गरेपछि अहिले प्रहरी समेत परिचालन गरिएको छ ।
२३ भदौ २०७८, बुधवार १६:१२ बजे प्रकाशित






























