एमालेको अवरोधपछि संसद बैठक १५ मिनेटलाई स्थगित,आक्रोशित हुँदै सभामुखले दिए चेतावनी
सभामुख अग्नि सापकोटाले देशमा संविधान र कानून रहेको भन्दै मर्यादावाहिर गए कारवाही गर्ने चेतावनी दिएका छन् ।
प्रतिनिधिसभा बैठक शुरू भएलगत्तै एमाले सांसदहरूले १४ जनामाथिको कारवाही अघि नबढाए सदन चल्न नदिने भन्दै रोष्टम घेराउ र नाराबाजी गरेपछि सभामुखले प्रतिनिसभा नियमावलीको खण्ड ख र घ बमोजिम अघि बढ्ने चेतावनी दिए ।तर, नाराबाजी नरोकिएपछि १५ मिनेटलाई बैठक स्थगित भएको छ ।
२३ भदौ २०७८, बुधवार १६:२१ बजे प्रकाशित






























