punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्‍चनपुरमा ५१ जनप्रतिनिधिले रोजे नेकपा (एस)

Chaupati
safha napa

कञ्‍चनपुरमा एमालेबाट निर्वाचित स्थानीय तहका ५१ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।

मंगलबार साँझसम्म १ नगर प्रमुखसहितले जिल्ला निर्वाचन कार्यालयमा पुगेर सनाखत गरेका हुन् । जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीका अनुसार नेकपा (एस) मा सनाखत गर्नेमा १ नगर प्रमुख, ११ वडाध्यक्ष र अन्य कार्यपालिका सदस्य तथा वडा सदस्यहरु रहेका छन् । सनाखत गर्नेमा पुनर्वास नगरपालिकाका नगर प्रमुखसमेत रहेका छन् ।

नेकपा (एस)रोजेका ३ जनाले सनाखत फिर्ताको निवेदन दिएका छन् । कृष्णपुर नगरपालिकाका २ वडाध्यक्ष र १ सदस्यले निवेदन दिएको जोशीले बताए । निवेदन निर्वाचन आयोगमा पठाइएको उनले बताए ।

७ नगरपालिका र २ गाउँपालिकासहित ९ स्थानीय तह रहेको कञ्‍चनपुरमा एमालेबाट ५ प्रमुख र ७ उपप्रमुख विजयी भएका थिए । वडाध्यक्ष र सदस्यमा पनि एमालेकै बहुमत उम्मेद‌वारहरु विजयी भएका थिए ।


२२ भदौ २०७८, मंगलवार १९:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु