punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

साझेदार दलले नाम पठाएपछि सरकारले पूर्णता पाउँछ : देउवा

Chaupati
safha napa

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दलहरुले नाम दिएपछि मन्त्रिपरिषद विस्तार गर्ने बताएका छन् ।मंगलबार नेपाली कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै देउवाले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले नाम दिएपछि मन्त्रिपरिषद विस्तार गर्ने बताएका हुन् ।

‘एमाले (हालको एकीकृत समाजवादी), माओवादी मिलेर सरकार बनेको सबैलाई थाहा छ । उनीहरुसँग सल्लाह गर्नुपर्छ । उनीहरुले नाम पठाएपछि सरकारले पूर्णता पाउँछु देउवाले बैठकमा भने ।

गत असार ३२ गते प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाको मन्त्रिपरिषद हालसम्म ६ सदस्यीय मात्र छ । सरकार गठनको दुई महिना हुन लाग्दा पनि मन्त्रिपरिषद विस्ता हुन नसकेको भनी देउवाको आलोचना भइरहेको छ ।


२२ भदौ २०७८, मंगलवार १८:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु