भन्सार छलिका अवैध सामान बरामद
कैलालीमा सशस्त्र प्रहरी बलले भन्सार छलिका अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलाली मातहत बिओपीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ ल्याउदै गरेका अवैध सामान बरामद गरेको हो।
२ लाख ४८ हजार ३ सय १५ बराबरको जेन्स लेडिज तथा थानको कपडा बरामद गरीएको गणले जनाएको छ। बरामद गरिएका सामान आवश्यक कारबाहीको लागि कैलाली भन्सार कार्यालय धनगढीमा बुझाइएको गणले बताएको छ।
२२ भदौ २०७८, मंगलवार १८:५४ बजे प्रकाशित































