सुदूरपश्चिममा २१ जनामा कोरोना संक्रमण पुष्टि
सुदूरपश्चिमा गरिएको परिक्षणमा २१ जनामा कोभिड – १९ को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशभरिमा ९ सय ६६ जनाको नमुना परीक्षण गरिएको थियो ।
प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार महाकाली अस्पतालमा ११ जनाको नमुना परीक्षण गर्दा ३ जना र डोटी अस्पतालमा ९ जनाको नमुना परीक्षण गर्दा १ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
यस्तै डडेल्धुरा असपतालमा १० जना र बझाङ अस्पतालमा १९ जनाको नमुना परीक्षण गरिएकोमा कसैमा पनि संक्रमण पुष्टि नभएको निर्देशनालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा १५ जनाले कोरोना जितेर घर फर्किएका छन् ।
२० भदौ २०७८, आइतवार १८:५६ बजे प्रकाशित






























