punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाल-भारत मैत्रीपूर्ण फुटबल : पहिलो हाफ गोलरहित बराबरीमा

Chaupati
safha napa

नेपाल र भारतबीच आइतबार भइरहेको दोस्रो मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

दशरथ रंगशालामा भइरहेको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । पहिलो हाफमा नेपालले गोल गर्ने दुई राम्रो अवसर गुमायो ।

मुख्य प्रशिक्षक अबदुल्लाह अलमुतईरीले पहिलो खेल खेल्ने टिममा तीन खेलाडी परिवर्तन गरेका थिए । उनले सुमन अर्याल, अन्जन विष्ट र नवयुग श्रेष्ठको ठाउँङ्गँ सुजल श्रेष्ठ, मनिष डाँगी र आशिष लामालाई पहिलो रोजाइमा खेलाएका थिए

तर मनिष र आशिषले पहिलो हाफमा गोल गर्ने अवसर सदुपयोग गर्न सकेनन् ।पहिलो हाफ सकिनु दुई मिनेटअघि अलमुताइरीले आशिष र सुमन लामाको स्थानमा विशाल राई र अन्जन विष्टलाई मैदान पठाएका छन् ।


२० भदौ २०७८, आइतवार १८:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु