punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत नेकपा (एस) मा

Chaupati
safha napa

गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले नेकपा एकीकृत समाजवादी को पक्षमा सनाखत गरेकी छन् ।उनले आइतबार प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेर समाजवादीको पक्षमा सनाखत गरेकी हुन । गोदावरी नगरपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधि ३२ जना छन् ।

ती मध्य ५ जनाले समाजवादी रोजेका छन् । नगरपालिकाकी उपप्रमुख रत्ना कडायत , वडा नम्बर ५ का वडा अध्यक्ष कर्ण बोहरा, वडा सदस्य कमल सिं राना , वडा नं ६ का वडा सदस्य धन बहादुर खड्का , वडा नं ३ की सदस्य रामपत्ति चौधरीले समाजवादी रोजेका छन् ।

विगतमा माधव नेपाल समूहमा रहेका वडा नम्बर ११ का वडाध्यक्ष शिव बिक भने सनाखत गर्न आइतबार गएनन् । वडाध्यक्ष शिव विकले अहिले कुन पार्टी रोज्ने निर्णय नगरेको र भोलि सम्म टुङो लाग्ने बताए ।


२० भदौ २०७८, आइतवार १८:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु