पुर्नवासका १३ जना जनप्रतिनिधिले गरे नेकपा (एस) मा सनाखत
कञ्चनपुरको पुर्नवास नगरपालिकाका १३ जना जनप्रतिनिधिले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् । आइतबार नेकपा एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)पार्टीमा १३ जना जनप्रतिनिधिले सनाखत गरेका हुन् ।
सनाखत गर्नेमा नगर प्रमुख जीवन राज थापा, वडा नम्बर १ का वडाअध्यक्ष प्रताव बहादुर चन्द, वडा नम्बर ३ का वडाअध्यक्ष कृष्ण तामाङ्ग, कार्यपालिका सदस्य विष्णुदेवी सिग्देल, वडा सदस्य सुकमाया तामाङ्ग, सुमित्रा राना,पार्वती देवी शाही,शान्ती माया तामाङ्ग,प्रथम सिह राना,फुर्वा तामाङ्ग,बम बहादुर तामाङ्ग,मान बहादुर तामाङ्ग,सुपा तामाङ्गले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेको निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।
निर्वाचन आयोगले एमालेबाट निर्वाचित प्रदेश सभा र स्थानीय जनप्रतिनिधिहरुलाई एमाले वा एकीकृत समाजवादी रोज्न भदौ २२ गतेसम्मको समय दिएको छ ।
२० भदौ २०७८, आइतवार १७:५१ बजे प्रकाशित






























