punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मोदीको पुत्ला दहनप्रति गृह मन्त्रालयको आपत्ति

Chaupati
safha napa

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला काठमाडौंमा दहन गरिएको घटनाप्रति गृह मन्त्रालयले आपत्ति जनाएको छ।छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नारावाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिमा गृहले ध्यानाकर्षण भएको विज्ञप्ति निकालेर उल्लेख गरेको हो।

गृहका सहसचिव फणिन्द्रमणि पोखरेलले आइतबार विज्ञप्ति निकालेर ‘यस्ता उच्छृङ्खल र निन्दनीय गतिविधिप्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ’ भनिएको छ।सरकार नेपाली भूमिमा सबै मित्रराष्ट्रहरूसँग पारस्परिक सम्बन्ध अझ ग्रगाढ बनाउन चाहने पनि विज्ञप्तिमा उल्लेख छ।

कुनै समस्या देखिएमा कुटनीतिक माध्यमबाट समाधान गरिने पनि गृहको भनाइ छ।मित्रराष्ट्रहरू विरूद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भई कानुन हातमा लिनेलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी छ।

भदौ १९ मा दार्चुलास्थित तुइन घटनाको विरोधमा अनेरास्ववियूले भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेका थिए भने भदौ १८ गते माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) का विद्यार्थीले प्रदर्शनीमार्गमा मोदीको पुत्ला दहन गरेका थिए।

तुइनको लठ्ठाबाट महाकाली नदीमा झरेका जयसिंह धामी बेपत्ता छन्। अनेरास्ववियूले उनको परिवारलाई न्याय दिन माग गर्दै र मोदीको विरोधमा पुत्ला दहन गरेका थिए।

गृह मन्त्रालयले बनाएको छानविन समितिले भारतीय सीमा सुरक्षा बल एसएसबीको उपस्थितिमा घटना भएको देखिएको उल्लेख भए पनि तुइनको लठ्ठा एसएसबीले फुस्काउँदा धामी महाकालीमा खसेको भन्ने सन्दर्भबारे प्रतिवेदन मौन छ।


२० भदौ २०७८, आइतवार १३:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु