punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पाटन नगरपालिकाका विद्यालय सञ्चालनमा

Chaupati
safha napa

बैतडीको पाटन नगरपालिका विद्यालय आजदेखि सञ्चालनमा आउँदैछन्। स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै विद्यालय सञ्चालनमा ल्याइने पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले जानकारी दिए।

कोरोना भाइरसको संक्रमणका कारण लामो समयदेखि बन्द रहेका विद्यालय सञ्चालन हुन लागेका हुन्। उनले भने,‘स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै जोर बिजोर रुपमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेका हौं।’

लामो समयदेखि विद्यालय बन्द रहँदा बालबालिकाको भविष्यमा नै असर पर्ने भएकोले विद्यालय सञ्चालनमा ल्याइएको नगरपालिकाका शिक्षा शाखा प्रमुख बिर्खराज भट्टले जानकारी दिए।

यसअघि कोरोनाको हटस्पट बन्दै गएको पाटन नगरपालिकाका हाल सक्रिय संक्रमितको संख्या शुन्य रहेको छ। जिल्ला प्रशासन कार्यालयले भने तत्काल विद्यालय नखोल्न जिल्लाका सबै पालिकाहरुलाई आग्रह गरिसकेको छ।


२० भदौ २०७८, आइतवार १२:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु