punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीमा महिलामाथि बलात्कारको प्रयास

Chaupati
safha napa

डोटीमा एक महिलामाथि बलात्कारको प्रयास भएको घटना सार्वजनिक भएको छ। जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर ६ गिरिचौकामा सायल गाउँपालिकाकी एक महिलालाई बलात्कारको प्रयास गरिएको हो।

पीडित महिला १८ गते घरबाट गिरीचौकामा आफन्तलाई भेटघाट गर्न गएकी थिइन्। गिरीचौकाको ढाटवाडा र काडा टोलकोबीच जंगलमा एक जना अपरिचित पुरुषले आक्रमण गरेको उनले बताइन्।

आफूलाई पहिला हसिँया र बञ्चरोले घाइते बनाएको र त्यसपछि बलात्कारको प्रयास गरेको उनले बताइन्। घटनाका विषयमा प्रहरीलाई जानकारी आएको र घटनाको अनुसन्धान गरिने प्रहरीले जनाएको छ।


२० भदौ २०७८, आइतवार १२:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु