गृहमन्त्री खाँण र नेकपाका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता
गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बीच भेटवार्ता भएको छ ।शुक्रबार सिंहदरवारस्थित गृहमन्त्रालयमा गृहमन्त्री खाण र प्रकाण्डबीच भेटवार्ता भएको हो ।
भेटमा सरकारसँग भएको ३ बुँदे सहमतीको कार्यान्वयन, नेकपाका बन्दी नेतारकार्यकर्ताको रिहाइ, दार्चुला घटना, एमसीसी र वर्तमान राजनीतिक परिस्थितिबारे छलफल भएको प्रकाण्डले बताएका छन् ।
१८ भदौ २०७८, शुक्रवार १९:२४ बजे प्रकाशित






























