गडी गाउँपालिका १ का वडाअध्यक्षको निधन
सुनसरीको गडी गाउँपालिका १ का वडाअध्यक्ष शंकरप्रसाद चौधरीको निधन भएको छ। उनको बुधबार उपचारका क्रममा विराटनगरको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।
चौधरी मुटु सम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका थिए। चौधरीको निधनले गाउँपालिकालाई अपुरणीय क्षति पुगेको गाउँपालिका अध्यक्ष श्रीप्रसाद साहले बताए।
चौधरी गत २०७४ सालको स्थानीय निर्वाचनमा एमालेका तर्फबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए। चौधरीले एक असल र इमान्दार जनप्रतिनिधिको रुपमा चिनिन्थे।
स्व.चौधरीका श्रीमती, एक छोरी र एक छोरा रहेका छन्। चौधरीको आजै अन्तिम दाहसंस्कार गरिने बताइएको छ।
१६ भदौ २०७८, बुधवार १७:४० बजे प्रकाशित






























