punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बागमती प्रदेशः एकीकृत समाजवादी रोजेका विकासमन्त्री खनालले दिए राजीनामा

Chaupati
safha napa

माधव नेपालको नेतृत्वमा गठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिएका छन्।

एमाले नेता अष्टलक्ष्मी शाक्यको नेतृत्वमा रहेको प्रदेश सरकारका मन्त्री खनालले बुधबार बिहान पदबाट राजीनामा दिएका हुन्।

मंगलबार बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय (हेटौंडा) मा उपस्थित भएर उनले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्दै सनाखत गरेका थिए।

उनी नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पनि हुन्।एमाले नेता शाक्यले आफू मुख्यमन्त्री भएकै दिन खनाललाई मन्त्रीमा नियुक्ति गरेकी थिइन्।

मंगलबार खनालसँगै बागमती प्रदेशका १२ जना एमाले सांसदले एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका हुन्। योसँगै मुख्यमन्त्री शाक्यको सरकार अल्पमतमा परेको छ।


१६ भदौ २०७८, बुधवार ०९:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु