punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मनसुन कमजोर हुँदै : दिउँसो घाम लाग्ने‚ राति पानी पर्ने

Chaupati
safha napa

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन विस्तारै कमजोर हुँदै गएको छ। मनसुन केही कमजोर भएकाले अबका केही दिन दिनभर घाम लाग्ने र राति पानी पर्ने मौसमविद् समीर श्रेष्ठले जानकारी दिए।

मौसमविद् श्रेष्ठका अनुसार बुधबार बिहान देशभरको मौसम सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। दिउँसो पनि देशभर मौसम सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति प्रदेश १ का एक–दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए। देशका अन्य भेगमा सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। भीषण वर्षा हुने ठाउँमा बाढीपहिरोको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने हुँदा सतर्कता अपनाउनु पर्ने महाशाखाका मौसमविद श्रेष्ठले आग्रह गरे।


१६ भदौ २०७८, बुधवार ०८:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु