punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्थानीय तहको अनियमितता हेर्न अख्तियारको टोली कैलालीमा

Chaupati
safha napa

कैलालीको गोदावरी नगरपालिकासहितका स्थानीय तहमा भएको अनियमितता छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोली सुदूरपश्चिम आएको छ ।

आयोगका डिभिजनल इन्जिनियर राजेश कुमार दास नेतृत्वको टोली सुदूरपश्चिम आएको हो । मंगलबार आएको टोलीले, यस क्षेत्रका स्थानीय तहहरुमा भएको विकास निर्माणको अनुगमन गर्नेछ ।

उजुरी परेर आएको होइन, हामीहरुको स्थानीय तहमा नमूना अनुगमन पनि हुन्छ, त्यसैका लागि आएको हो, डिभिजनल इन्जिनियर दासले भने । उनले कुन कुन स्थानीय तहमा के के कामको परीक्षण हुनेबारे भने बताउन चाहेनन ।

‘अहिले म त्यो बताउन सक्दैन, हामीसँग उजुरी होइन, केही निर्माण कामको गुणस्तर र त्यसमा भएको अनियमितताको चेकजाँचका लागि आएका हौं, यो सबै जानकारी प्रवक्ताले दिने चलन छ,दासले भने ।

अख्तियारको कञ्चनपुर कार्यालयका प्रवक्ता हरिश चन्द्र जोशीले पनि अख्तियारको केन्द्रको टोली आएको बताए । ‘हामीहरुलाई आएको मात्रै जानकारी छ, तर कुन कुन योजनामा अनियमिता भएको हो र कुन कुन तहमा छापा मार्छ भन्नेबारे कुनै पनि जानकारी छैन, उनले भने ।

कैलालीको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज जोशीले पनि अख्तियारको टोली आएको बताए । ‘अख्तियारको नियमित कार्यक्रम हुन्छ, त्यस कार्यक्रमअन्तर्गत, टोलीले ‘रेन्डमली’ केही हेर्छ, मलाई त्यत्ती मात्रै जानकारी भएको छ, प्रमुख प्रशासकीय अधिकृत जोशीले भने ।

कैलालीको गोदावरी नगरपालिकासहितका स्थानीय तहमा भएको अनियमितता छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोली सुदूरपश्चिम आएको छ ।आयोगका डिभिजनल इन्जिनियर राजेश कुमार दास नेतृत्वको टोली सुदूरपश्चिम आएको हो । मंगलबार आएको टोलीले, यस क्षेत्रका स्थानीय तहहरुमा भएको विकास निर्माणको अनुगमन गर्नेछ

उजुरी परेर आएको होइन, हामीहरुको स्थानीय तहमा नमूना अनुगमन पनि हुन्छ, त्यसैका लागि आएको हो, डिभिजनल इन्जिनियर दासले भने । उनले कुन कुन स्थानीय तहमा के के कामको परीक्षण हुनेबारे भने बताउन चाहेनन ।

‘अहिले म त्यो बताउन सक्दैन, हामीसँग उजुरी होइन, केही निर्माण कामको गुणस्तर र त्यसमा भएको अनियमितताको चेकजाँचका लागि आएका हौं, यो सबै जानकारी प्रवक्ताले दिने चलन छ,दासले भने ।

अख्तियारको कञ्चनपुर कार्यालयका प्रवक्ता हरिश चन्द्र जोशीले पनि अख्तियारको केन्द्रको टोली आएको बताए । ‘हामीहरुलाई आएको मात्रै जानकारी छ, तर कुन कुन योजनामा अनियमिता भएको हो र कुन कुन तहमा छापा मार्छ भन्नेबारे कुनै पनि जानकारी छैन,उनले भने ।

कैलालीको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज जोशीले पनि अख्तियारको टोली आएको बताए । ‘अख्तियारको नियमित कार्यक्रम हुन्छ, त्यस कार्यक्रमअन्तर्गत, टोलीले ‘रेन्डमली’ केही हेर्छ, मलाई त्यत्ती मात्रै जानकारी भएको छ, ुप्रमुख प्रशासकीय अधिकृत जोशीले भने ।


१५ भदौ २०७८, मंगलवार १४:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु