punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा एकीकृत समाजवादीमा जाने सांसद सनाखत गर्ने तयारीमा

Chaupati
safha napa

नेकपा एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा जान चाहने सुदूरपश्चिमका प्रदेशसभा सदस्य आजै सनाखत गर्ने तयारीमा जुटेका छन् ।

आज बेलुका ५ बजेसम्म १४ जना भन्दा बढी प्रदेश सभा सांसदले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गर्ने सम्भावना रहेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सांसदहरु सनाखत गर्ने तयारीमा जुटेका हुन्। नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्यसमेत रहेकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले आजै सनाखत गर्ने तयारी भइरहेको बताइन् ।

‘निर्वाचन आयोगले २२ गतेसम्मको समय दिएको छ। हामी आजै धनगढीस्थित कार्यालयमा पुगेर सनाखत गर्ने तयारी भईरहेको उनले बताइन् । सुदूरपश्चिम प्रदेशसभामा सभामुखसहित एमालेका २५ सांसद छन्। विगतमा उनीहरुमध्ये माधव समूहमा १८ र ओली समूहमा ७ जना थिए। नयाँ पार्टी दर्ता भएपछि अंकगणित फेरवदल हुने सम्भावना छ ।


१५ भदौ २०७८, मंगलवार १४:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु