punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा विद्यालय सञ्चालन र मेला तथा जात्रा लगाउन रोक

Chaupati
safha napa

जिल्ला प्रशासन कार्यालय बैतडीले मेला‚ जात्रामा भीडभाड गर्न र विद्यालय सञ्चालनमा रोक लगाएको छ। कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले मेला‚ जात्रामा भीडभाड गर्न र विद्यालय सञ्चालनमा नगर्ने प्रशासनले निर्देशन दिएको हो।

सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा सकिएसँगै आजदेखि सुरु हुने जात्रा तथा मेला सुरु हुन्छ। यहाँका विभिन्न मठमन्दिरहरुमा एक सातासम्म मेला तथा जात्रा लाग्ने गर्दछन्। प्रशासनले यसअघि गौरामा पनि भीडभाड नगर्न आग्रह गरेको थियो।

मेला तथा पर्वहरुमा भीडभाड नगरी औपचारिकतामा मात्रै सीमित राख्न प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको आग्रह गरेका छन्। उनले स्वास्थ्यका मापदण्ड अनिवार्य पूरा गर्न पनि आग्रह गरेका छन्।

यस्तै संक्रमणको जोखिम कायमै रहेकाले वैकल्पिक उपायमार्फत शिक्षण सिकाई क्रियाकलाप अघि बढाउन प्रशासनले आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै विभिन्न खालका गोष्ठी, समारोह, सेमीनारमा पूर्ण रुपमा रोक लगाइएको प्रशासनले जनाएको छ।

पसल व्यवसायहरु बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म आवश्यक मापदण्ड पूरा गरी सञ्चालन गर्न दिने तथा प्रत्येक महिना व्यवसायीहरुको कोरोना परीक्षण गर्ने कार्यलाई निरन्तरता दिने, सिट क्षमताभन्दा बढी यात्रुहरु राख्न नपाउने गरी सार्वजनिक एवं निजी सवारी साधन सञ्चालन गर्न दिने र महिनाको एक चोटी चालक तथा सहचालकको कोरोना परीक्षण गराउने र होटेल तथा रेष्टुरेन्टहरु आवश्यक स्वास्थ्यका मापदण्डहरुको पालना गर्दै सञ्चालनगर्न पाइने जनाइएको छ।


१५ भदौ २०७८, मंगलवार १३:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु