punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुला घटनाबारे छानबिन गर्न बनेको समितिको म्याद फेरि थप्‍ने तयारी

Chaupati
safha napa

गृह मन्त्रालयले महाकाली तर्ने क्रममा तुइन चुडिँदा जयसिंह धामी बेपत्ता भएको घटनाबारे छानबिन गर्न बनाएको समितिको म्याद पुनः थप्ने तयारी गरेको छ ।

अनुसन्धान र प्रतिवेदन लेखन कार्य अझै नसकिएको भन्दै केही दिन म्याद थप्न लागिएको गृह मन्त्रालय स्रोतले बतायो । गृह स्रोतका समय केही दिन मात्रै अनुसार केही दिन थप्ने गृहकार्य भइरहेको छ ।१५ साउनमा तुइनबाट नदी तर्ने क्रममा व्यास गाउँपालिका–२ का ३३ वर्षीय धामी बेपत्ता भएका थिए ।

त्यो घटनाको छानबिन गर्न १७ साउनमा १० दिनको समय दिएर मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा नेपाल प्रहरीका सुदूरपश्चिम प्रमुख नायव महानिरीक्षक पुरुषोत्तम कडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ, र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी दार्चुला ज्योत्सना भट्ट रहेको छानबिन समिति बनाइएको थियो ।समितिको समय १७ भदौमा सकिँदैछ । समितिले स्थलगत अनुगमन गरिसकेको छ ।


१४ भदौ २०७८, सोमवार १९:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु