punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वाईसीएलको अध्यक्ष छान्ने जिम्मा प्रचण्डलाई

Chaupati
safha napa

नेकपा माओवादी केन्द्रले भ्रातृ संगठन वाईसीएलको अध्यक्ष छान्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ । सोमबार बसेको स्थायी समिति बैठकले प्रचण्डलाई उक्त जिम्मेवारी दिएको एक स्थायी समिति सदस्यले  जानकारी दिए ।

गत शनिबारबाट सुरु भएको वाईसीएलको भेलाले अध्यक्षमा सहमति जुटाउन नसकेपछि पार्टीको बैठक बसेको थियो । अध्यक्षमा सुवोधराज शेर्पाली र सुमन देवकोटाले दाबेदारी प्रस्तुत गरेका छन् ।

शेर्पाली माओवादी नेता जनार्दन शर्मा पक्षधर हुन् भने देवकोटा अध्यक्ष प्रचण्ड निकट मानिन्छन् । शेर्पाली भन्दा देवकोटाको सम्भावना बढिरहेको वाईसीएलका नेताहरुले बताएका छन् । शेर्पाली महासचिव हुन् भने देवकोटा उपाध्यक्ष हुन् ।


१४ भदौ २०७८, सोमवार १९:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु