punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुला बाढी पहिरो : हेलिकप्टर मार्फत दुई जनालाई धनगढी ल्याइदैं

Chaupati
safha napa

दार्चुलामा पहिरोमा परी घाइते भएका दुई जनालाई हेलिकप्टर मार्फत धनगढी ल्याईदै छ । जिल्लाको दुहु गाउँपालिका वडा नम्बर ५ का जनक पार्की र उजेली डडाललाई नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी ल्याउन लागिएको हो । घाइते दुई जनालाई ल्याएर हेलिकप्टर केही वेरमा धनगढीको रंगशालामा अवतरण गर्ने बताईएको छ ।

दुबै जनाको उपचार धनगढीमा हुने जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए ।बाढीपहिरोमा परी तीन जनाको मृत्यु भएको छ। अन्य दुई जना बेपत्ता भएका छन् ।बाढीले घर, पुल र लघुजलविद्युत् समेत बगाएको छ।

आइतबार राति आएको बाढीपहिरोमा परी दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा धनजनको क्षति भएको हो।बाढीपहिरो गएको क्षेत्रमा तत्काल नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ । घाईतेको उद्धार, विस्थापित परिवारलाई राहत र पुनः स्थापना गर्न सुरक्षाकर्मी परिचालित छन् ।


१४ भदौ २०७८, सोमवार १७:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु