एक पुरुष मृत फेला
कैलालीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ५ स्थित गेटा सामुदायिक वन नजिक मनहरा खोलाको किनारमा ५० वर्षीय शेरबहादुर कार्की मृत फेला परेका हुन्।
उनी गोदावरी नगरपालिका वडा नम्बर १० का हुन्। उनी केही दिनदेखि बेपत्ता थिए। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए।
१४ भदौ २०७८, सोमवार ०८:३४ बजे प्रकाशित































