तरुण दल कञ्चनपुरका उपाध्यक्ष एमाले प्रवेश
नेपाली कांग्रेस कञ्चनपुरका जिल्ला सदस्य तथा तरुण दल कञ्चनपुर उपाध्यक्ष विष्णु न्यौपाने एमाले प्रवेश गरेका छन् ।आइतबार एक कार्यक्रमबिच एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यौपानेलाई पार्टी प्रवेश गराएका हुन् ।
उनको पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष ओलीसहित रामबहादुर थापा बादल, लेखराज भट्ट, कर्ण थापा, राजेन्द्र रावल, नारदमुनि राना, लीला भण्डारी, निरु पाल र अर्जुन ढकाललगायतको उपस्थिति थियो ।
२०६४ सालदेखि निरन्तर राजनीतिमा रहेका न्यौपाने जनआन्दोलनमा अग्र मोर्चामा रहेर आन्दोलनको नेतृत्व गरेका थिए ।
उनी कञ्चनपुर बेलौरी नगरपालिका ४ का हुन् । स्थानीय क्षेत्रमा राम्रो पकड जमाएका व्यक्ति एमाले प्रवेश गरेपछि आगामी निर्वाचनमा कांग्रेसलाई धक्का पुग्ने आँकलन गरिएको छ ।
१३ भदौ २०७८, आइतवार १८:१२ बजे प्रकाशित






























