punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री देउवा पत्नी आरजुले भित्र्याइन धनगढीस्थित निवासमा गौरा

Chaupati
safha napa

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवासमा गौरा भित्र्याइएको छ ।नेपाली काङ्ग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवाले विशेष पूजाआजा सहित आइतबार गौरा भित्र्याएकी हुन ।धार्मिक अनुष्ठानसहित गौरा भित्र्याउँदै डाक्टर देउवाले आफूले बिहेपछि हरेक वर्ष गौरा मनाउने गरेको बत्ताइन ।

उनले गौरा पर्व सुदूरपश्चिमेलीहरूको गौरव भएको चर्चा गरिन ।हरेक वर्ष भाद्र सप्तमीका दिन बाजागाजा सहित गौरा भित्र्याउने गरिन्छ । आठ प्रजातिका वनस्पतिहरू (धान, साउँ, पाती, कुर्जो, दुबो, कुश, तिल र अफामार्ग) बाट गौराको मूर्ति बनाइन्छ । नौ प्रकारका प्राकृतिक वनस्पतिबाट बनेकाले यसलाई नवदुर्गाको प्रतीक मान्ने गरिन्छ ।

यही नौ प्रकारका वनस्पतिबाट बनेको मूर्ति भगवती अर्थात् पार्वतीको मूर्ति हो । यसलाई गरगहना लगाएर खेतबाट बाजागाजासहित गौरा घरमा भित्राइन्छ ।गौरालाई सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका साथै भारतको उत्तराखण्ड प्रदेशको कुमाउ र गढवालमा पनि मनाउने गरिन्छ । गौरा पर्व महिलाहरूले सौभाग्य, सुख, शान्ति र समृद्धिका लागि गरिने धार्मिक अनुष्ठान रहेको विश्वास गरिन्छ ।


१३ भदौ २०७८, आइतवार १८:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु