अझै पानी पर्ने, सतर्क रहन आग्रह
केही दिनदेखि लगातार वर्षा भइरहेको छ । जसले गर्दा देशका धेरै ठाउँको जनजीवन प्रभावित भएको छ । लगातारको वर्षाले बाढी, पहिरो प्रकोप पनि बढ्दै गएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार (आज) पनि देशभर भारी वर्षा हुने जनाएको छ ।
अहिले न्यूनचापीय रेखा ठ्याक्कै नेपालमाथि परेकाले पानी परिरहेको र त्यो रेखा केही तल सरेपछि मौसम सफा हुने मौसमविद् प्रतिभा मानन्धरले बताइन् । उनका अनुसार मंगलबारबाट भने मौसममा केही सुधार आउने छ ।
कर्णाली प्रदेशमा झन् धेरै वर्षा हुने सम्भावना रहेको महाशाखाको अनुमान छ ।
१३ भदौ २०७८, आइतवार १७:५४ बजे प्रकाशित






























