punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमालेको ह्वीप उल्लंघनको आरोप लागेका १४ सांसदको पद नजाने

Chaupati
safha napa

नेकपा एमालेले ह्वीप उल्लंघनको आरोपमा निष्कासनको कारबाही गरेका १४ सांसदको पद नजाने भएको छ ।

एमालेले कारबाही गरी उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा जानकारी गराए पनि संसद सचिवालयले उनीहरु अर्कै दल दर्ता गरी आएकाले कारबाही गर्नु नपर्ने निर्णय गरेको हो ।

संसद सचिवालय स्रोतले भन्यो ‘निर्वाचन आयोगमा छुट्टै दल दर्ता भएर आएकाले उनीहरुको सम्बन्धमा कारबाही गर्नुपर्ने अवस्था देखिएन ।’

नेकपा एमालेले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिई ह्वीप उल्लंघन गरेको भन्दै माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेर संसदलाई भदौ १ गते नै जानकारी गराएको थियो । तर संसद सचिवालयले कारबाही गर्न ढिलाइ गर्दै आएको थियो ।

यसबीचमा निर्वाचन आयोगले माधवकुमार नेपालको अध्यक्षतामा छुट्टै दल दर्ता गरेपछि संसद सचिवालयले ती सांसदलाई कारबाही गर्न नपर्ने भनी निर्णय गरेको हो ।

 


१३ भदौ २०७८, आइतवार १७:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु