punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राउतको इजलास ‘कम्फरटेबल’ नभएपछि विपक्षी वकिलको निवेदनमा आलमको सुनुवाइ स्थगित

Chaupati
safha napa

कांग्रेस नेता मोहम्मद अफताब आलमले थुनामुक्त हुन पाउँ भनेर दिएको निवेदनउपरको सुनुवाइ विपक्षी वकिलका कारण स्थगित भएको छ ।

योसहित आलमको मुद्दामाथिको सुनुवाइ ९ पटक स्थगित भइसकेको छ । ‘कम्फरटेबल इजलास’ खोज्दा कहिले पक्ष तथा कहिले विपक्षका वकिलका कारण यो मुद्दा स्थगित हुँदै आएको छ ।

न्यायाधीश प्रकाशमानसिंह राउत र प्रकाश ढुंगानाको इजलासमा आजको सुनुवाइ पहिलो नम्बरमै थियो । तर, विपक्षी कानून व्यवसायीको निवेदनपछि स्थगित भएको सर्वोच्च स्रोतले जनाएको छ ।

राउत न्यायाधीश हुनुअघि नेपाली कांग्रेसको अघिल्लो महाधिवेशनको निर्वाचन समिति सदस्य रहेका कारण विपक्षी वकिलले सो इजलास कम्फरटेबल नसोचेपछि स्थगित भएको बताइएको छ ।

यसअघि पनि राउत र कुमार रेग्मीको इललासमा परेको थियो । तर, रेग्मीले हेर्न नमिल्ने भनेपछि स्थगित भएको थियो । २०७७ मंसिरदेखि लगातार ९ पटक स्थगित भइसकेको छ ।

 


११ भदौ २०७८, शुक्रवार १३:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु