धनगढीमा ‘स्यान्को कट्टी रोल’को शाखा स्थापना

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक स्यान्को कट्टी रोलको शाखा स्थापना गरिएको छ ।राष्ट्रिय स्तरमा निकै रुचाइएको स्यान्को कट्टी रोल शुक्रवारबाट धनगढीमै खान पाइने भएको हो ।

धनगढी स्थित बैयाबेहेडि चोकमा रुबस होटल को अगाडि शाखा खोलिएको हो ।एक कार्यक्रमा बिच स्यान्को कट्टी रोल को सुदूरपश्चिम प्रदेशका निर्वचनमा आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले उद्घाटन गरेका हुन् ।

करिब ४० लाखको लगानीमा कमला शाहीले स्यान्को कट्टी रोल सुरु गरेकि हुन् । यहाँ हरेक प्रकारका रोल पाइने उनले बताइन् ।


११ भदौ २०७८, शुक्रवार १३:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु