punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पौडेल पक्षको बैठक सकियो, देउवासँग निर्णायक संवाद गर्ने निर्णय

Chaupati
safha napa

नेपाली कांग्रेसको संस्थापन इतर समूहले महाधिवेशन प्रक्रियामा देखिएका व्यवहारिक कठिनाई समाधानका लागि पहल गर्ने निर्णय गरेको छ ।

पूर्व महामन्त्री प्रकाशमान सिंहको चाक्सीबारेस्थित निवासमा बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठकले तोकिएकै मितिमा अधिवेशन गर्ने वातावरण बनाउन सभापतिसँग ठोस छलफल गर्ने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार वरिष्ठ नेता पौडेलले आजै सभापति शेरबहादुर देउवासँग छलफल गर्नेछन् ।

बैठकपछि प्रतिक्रिया दिदैं कांग्रेस नेता डा।मिनेन्द्र रिजालले महाधिवेशन तोकिएकै मितिमा सुरु गर्न देखिएका व्यवहारिक कठिनाई समाधानका लागि अग्रसरता लिने निर्णय भएको जानकारी दिए ।

‘अधिवेशनको प्रक्रियामा केही व्यवहारिक कठिनाईहरु आएका छन् । तिनलाई समाधान गर्नुपर्छ । केही सभापतिहरु क्रियाशील सदस्यताको विषयमा धर्नामा हुनुहुन्छ । हिजो अबेर केही जिल्लाको सार्वजनिक भएको छ ।

अरु जिल्लाको सन्दर्भमा हामीले गरेका निर्णयको कार्यान्वयन गर्नुपर्नेछ । यी सबै कठिनाई समाधान गरेर अधिवेशन सुनिश्चित गर्न पार्टी सभापतिसंग संवाद गर्ने निर्णय भएको छ’, रिजालले पत्रकारहरुसँग भने ।

पौडेल पक्षले यसअघि नै जिल्ला सभापतिहरुले पार्टी कार्यालय सानेपामा सुरु गरेको आन्दोलनमा ऐक्यवद्धता जनाइसकेको छ । बैठकमा वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री सिंहसहित महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु डा.रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा।शेखर कोइराला लगायत उपस्थित थिए ।

 


११ भदौ २०७८, शुक्रवार १३:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु