punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीका नगर प्रमुख वड डिस्चार्ज

Chaupati
safha napa

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वड अस्पतालबाट डिस्चार्ज भएका छन्। उनको स्वास्थ्यमा सन्तोषजनक सुधार देखिएपछि डिस्चार्ज गरिएको हो।

भदौ ८ गते सोमवार एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि नगर प्रमुख वड काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए।

नर्भिक अस्पतालका चिकित्सकले नगर प्रमुख वडलाई २ हप्ता आराम गर्न समेत सल्लाह दिएका छन्। मेयर वड विगतदेखि नै प्रेसरको औषधि सेवन गर्दै आएका थिए। उनी युरिक एसिडका पनि बिरामी हुन्।

नगर प्रमुख वडले आफूलाई स्वास्थ्य लाभको शुभकामना दिने सबैलाई धन्यवाद समेत दिएका छन्।


१० भदौ २०७८, बिहीवार १८:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु