punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महाकालीमा बेपत्ता जयसिंह धामीको परिवारलाई सरकारले १० लाख दिने

Chaupati
safha napa

दार्चुलामा तुइन तर्दा भारतीय सुरक्षाकर्मीले तार चुँडाएपछि महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुला, ब्यास गाउँपालिकाका धामीको परिवारलाई दश लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

१५ साउनमा महाकाली नदीमा बेपत्ता भएका धामी हालसम्म फेला परेका छैनन् । उनको खोजीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।

 


१० भदौ २०७८, बिहीवार १८:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु