punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कुन राशिका व्यक्तिले घरमा कस्तो बिरुवा लगाउने ?

Chaupati
safha napa

घरमा आसपास बोटबिरुवा लगाउनाले हरियाली त हुन्छ नै साथसाथै परिवारको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्दछ । तर, हामिले रोप्ने फूल, बिरुवाहरु सही दिशामा रोपिएन भने यसले वास्तु दोष उत्पन्न गराउँने शास्त्रमा उल्लेख छ ।

हुनत अहिलेको आधुनिक समयमा धर्म शास्त्र, ज्योतिष शास्त्रको विश्वास गर्ने मानिस कमै हुन्छन् । तर, पनि ज्योतिष शास्त्रअनुसार ग्रहको स्वामीको शुभ बढाउनको लागि घरमा बिरुवा रोप्नु पर्ने बताएका छन् ।

मेष वा वृश्विक– जुन व्यक्तिको राशि मेष वा वृश्विक छ ती व्यक्तिले मंगल ग्रहलाई प्रसन्न गर्नका लागि घरमा रातो फूल फूल्ने विरुवा रोप्नु राम्रो हुन्छ।

वृष वा तुला– तुला र वृष राशि भएका व्यक्तिहरुले ग्रह स्वामीको शुक्रलाई प्रसन्न गराउनका लागि घरमा सेतो फूल फूल्ने विरुवा रोप्नु राम्रो रहन्छ।

मिथुन वा कन्या–जुन व्यक्तिको राशि मिथुन वा कन्या रहेको हुन्छ ती व्यक्तिले बुध ग्रह स्वामीलाई प्रसन्न बनाउनका लागि घरमा फूल नफूल्ने साना साना विरुवा रोप्नु राम्रो हुन्छ।

कर्कट राशि–कर्कट राशि भएका व्यक्तिले ग्रह स्वामी चन्द्रको प्रसन्न गराउनका लागि घरमा तुलसी वा अन्य साना औषधिजन्य बोट विरुवा रोप्नु राम्रो हुन्छ।

सिंह राशि–यो राशी भएका व्यक्तिले घरमा रातो रंगको फूल्ने विरुवा रोप्नु शुभ मानिन्छ।

धनु वा मिन–धनु र मिन राशीको ग्रह स्वामी बृहस्पति हो ।, तसर्थ ग्रह स्वामी बृहस्पतिको प्रसन्न बनाउनका लागि घरमा पहेलो फूल फुल्ने विरुवा लगाउदा शुभ मानिन्छ।

मकर वा कुम्भ–मकर वा कुम्भ राशि भएका व्यक्तिले शनिदेवलाई प्रसन्न बनाउनका लागि फूल नफूल्ने विरुवा रोप्नु शुभ मानिन्छ।


९ भदौ २०७८, बुधवार १९:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु