punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बँदेलको मासु सहित एक जना पक्राउ

Chaupati
safha napa

कञ्चनपुरको लालझाडीबाट बँदेलको मासु सहित एक जना पक्राउ परेका छन् । लालझाडी सब डिभिजन बन कार्यालयका रेन्जर करुणाकर अवस्थीको नेतृत्वमा विशेष सूचनाको आधारमा खटिएको गस्ती टोलीले गएराती लालझाडी बन क्षेत्रबाटै बँदेल मार्न प्रयोग गरिएको २ थान जाल र बँदेलको डेढ किलो मासु सहित लालझाडी गाउँपालिका – ५ बस्ने ३९ वर्षीय राम साहेब रानालाई पक्राउ गरेको छ ।

पक्राउ परेका रानालाई बन कार्यालयको नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डिभिजन बन कार्यालय कञ्चनपुरका निमित्त प्रमुख दिनेश कुमार यादवले जानकारी दिए ।


२ भदौ २०७८, बुधवार १३:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु