punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरको भीमदत्त नगरपालिकामा १९५ लाई रोजगारी

Chaupati
safha napa

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १९५ जनाले रोजगारी पाएका छन् । रोजगार संयोजक केशव विष्टका अनुसार आर्थिक वर्ष २०७७र७८ मा नगरपालिकाका विभिन्न छ वडामा सो कार्यक्रम सञ्चालनमा ल्याइएको थियो ।

कार्यक्रमअन्तर्गत वडा नं १ मा ४५ ले धार्मिक पर्यटकीय क्षेत्र मणिदीप धामबाट विष्णु मन्दिरसम्म चार किलोमिटर र वडा नं ३ मा विष्णु मन्दिरबाट मलास जाने एक किमी बाटो निर्माण गरिएको छ । उक्त योजनामा ४० ले रोजगार पाएको उनले बताए । वडा नं ९ मा ब्रह्मदेवबाट खल्ला–मसेट्टी जाने बाटो निर्माण गरिएको उक्त योजनामा ५३ ले रोजगारी पाएका छन् ।

यसैगरी वडा नं १० को शान्ति सामुदायिक वनमा कार्यक्रमअन्तर्गत उद्यान निर्माणमा २८ ले रोजगारी पाएका छन् । रोजगार कार्यक्रमअन्तर्गत वडा नं १५ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र मानव बस्तीबीचको क्षेत्रमा दुई किमी ट्रेञ्च खन्ने कार्य गरिएको थियो । वडा नं १९ मा भने कार्यक्रमअन्तर्गत सिद्धनाथ स्कूलको खेलमैदान बनाइएकोे छ ।

विद्यालयको पुरानो जीर्ण अवस्थामा रहेको भवन भत्काएर खेलमैदान निर्माण गरिएकामा त्यहाँ नौ स्थानीयवासीले रोजगारी पाएका छन् । “कोरोना सङ्क्रमणका कारण कार्यक्रम सुरु हुने समयमा लकडाउन भएपछि योजना पूर्णरूपमा कार्यान्वयन हुन सकेन”, संयोजक विष्टले भने, “सबै वडामा रोजगार कार्यक्रम सञ्चालन गर्ने योजना भए पनि लकडाउनका कारण छ वडामा मात्रै कार्यक्रम सञ्चालन गर्न सकिएको छ ।” कार्यक्रमअन्तर्गत १९५ लाई रु ६५ लाख २१ हजार ज्याला उपलब्ध गराइएको छ ।

एक वर्षमा १४ किमी सडक कालोप

भीमदत्त नगरपालिकाले आव २०७७र७८ मा १४ किमी सडक कालेपत्र र ६० किमी सडक स्तरोन्नति गरेको छ । इञ्जीनियर हिमालयसिंह ऐरका अनुसार सडक स्तरोन्नति अन्तर्गत ग्राभिलिङ नयाँ ट्रयाक खोल्नेलगायत काम गरिएको छ । नगरपालिकाले नगरका सबै क्षेत्र जोड्न नगर भित्री र बाह्य चक्रपथ निर्माण गरिरहेको छ भने वर्षौँदेखि सडकबाट बञ्चित उत्तरी क्षेत्रमा जैविक धार्मिक पर्यटनमार्ग निर्माणलाई पनि निरन्तता दिएको उनले बताए । साथै ब्रह्मदेवबाट खल्ला–मुसेट्टी जाने बाटोसमेत स्तरोन्नति गरिएको छ । रासस


२ भदौ २०७८, बुधवार १३:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु