punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बिचौलिया काम गरेको आरोपमा तीन जना पक्राउ

Chaupati
safha napa

जिल्ला प्रशासन कार्यालय, धनुषा अगाडि बिचौलियाको काम गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बिचौलियाको काम गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका–१ का ३५ वर्षीय विजय मण्डल, वडा नम्बर ४ का ३६ वर्षीय गुड्डु पूर्वे र वडा नम्बर १० का ५० वर्षीय विजयकुमार साहलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

उनीहरुले कार्यालयमा आउने सेवाग्राहीलाई छिटो छरितो काम गराइदिन्छु भनी रकम मागेर बिचौलियाको काम गर्ने गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


१ भदौ २०७८, मंगलवार १९:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु