punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जेसिज ब्याडमिन्टन प्रतियोगिताको उपाधी पत्रकारलाई

Chaupati
safha napa

टीकापुरका पत्रकार र जेसिज बिच भएको मैत्रीपूणर् ब्याडिमन्टन प्रतियोगितामा पत्रकारको टिम विजयी भएको छ ।टीकापुर जेसीज वर्ष २०२१ को साप्ताहिक कार्यक्रम अन्तर्गतको छैठौं दिनमा आयोजित पत्रकार र जेसिज बिचको मैत्रीपूणर् ब्याडमिन्टन प्रतियोगितामा पत्रकार परमानन्द पाण्डे र एकिन्द्र शाहको टिम विजयी भएको हो ।

प्रतियोगितामा जेसिजका तर्फबाट नेपाल जेसिजका पूर्व केन्द्रिय महासचिव टेकराज रेग्मी र टीकापुर जेसिजका कोषाध्यक्ष मंगल साउँदले खेलेका थिए ।विजयी टिमलाई कार्यक्रमका प्रमुख अतिथि टीकापुर जेसिजका पूर्व अध्यक्ष राजकुमार हमालले नगद ४ हजार एक शय रुपैयाँ र प्रमाणपत्रसहित पुरस्कार प्रदान गरेका थिए ।

प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै हमालले मैत्रीपूणर् प्रतियोगिताले यस क्षेत्रको खेलकुद विकासका लागि महत्वपूणर् भूमिका निर्वाह गर्ने बताए ।उनले भने ‘नियमित खेल अभ्यासले शारीरिक तन्दुरुस्ती हुनुका साथै युवा पुस्ता कुलतमा फस्नबाट वञ्चित हुन्छ, त्यसकारण यो प्रतियोगिता नयाँ पुस्तालाई खेलप्रति आकर्षित गर्न महत्वपूणर् हुने विश्वास लिएको छु ।’

कार्यक्रमलाई विशिष्ठ अतिथिको आशनबाट सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावलले जेसिजले युवा पुस्तालाई सामाजिक कार्यमा नेतृत्वदायी भूमिकामा पुर्याउन योगदान दिँदै आएको बताए ।

कार्यक्रममा टीकापुर जेसिजका पूर्व अध्यक्ष एवं खेलका मुख्य एम्पायर गोपीराम जैशी, जेसिजका पूर्व राष्टिय अध्यक्ष टेकराज रेग्मी, जेसिज वर्ष २०२१ का अध्यक्ष लक्ष्मण थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतियोगिताका संयोजक एवं टीकापुर जेसिजका व्यापार निर्देशक प्रकाश शाहको अध्यक्षतामा भएको कार्यक्रममा कानुनी सल्लाहकार टोप प्रकाश वि.क.ले स्वागत गरेका थिए भने आस्थापाठ उपाध्यक्ष रुपकबहादुर विष्ट र जेसिज मिसन, भिजन उपाध्यक्ष गणेश आउजीले वाचन गरेका थिए ।


१ भदौ २०७८, मंगलवार १८:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु