बैतडीमा चितुवाको बच्चा मृत फेला
बैतडीको डिलाशैनी गाउँपालिको –६ श्रीरशैनमा चितुवाको बच्चा मृत अवस्थामा फेला परेको छ।महाकाली लोकमार्ग अन्तरगत पर्ने डिलाशैनी गाउँपालि – ६ श्रीरशैनमा मंगलबार बिहान चितुवाको बच्चा मृत फेला परेको हो।
चितुवाको बच्चा मृत फेला परेको खबर आएपछि प्रहरी र डिभिजन वन कार्यालय बैतडीको टोली घटनास्थल पुगेको थियो।मृत चितुवा बच्चालाई डिभिजन वन कार्यालयको परिसरमा गाडिएको प्रहरीले जनाएको छ ।
मृत फेला परेको चितुवाको बच्चा ६ महिनाको हुन सक्ने अनुमान गरिएको छ।मृत भेटिएको चितुवाको बच्चालाई डिभिजन वन कार्यालय बैतडीको परिसरमा गाडिएको डिभिजन वन कार्यालय बैतडीका सहायक वन अधिकृत श्याम सुन्दर माझीले बताए।
१ भदौ २०७८, मंगलवार १८:३० बजे प्रकाशित






























