punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

टीकापुर घटनाका बन्दीलाई रिहाइ गर्न थरुहट थारुवान मोर्चाको माग

Chaupati
safha napa

थरुहट थारुवान राष्ट्रिय मोर्चाले सा‌ंसद रेशम चौधरीसहित टीकापुर घटनाका बन्दीलाई तत्काल रिहाइ गर्न सरकारसँग माग गरेको छ । मोर्चाले सोमबार विज्ञप्ति जारी गर्दै २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारु विद्रोहका क्रममा भएको घटनाका बन्दीहरुलाई सम्मानजनक रिहाइ गर्न माग गरेको हो ।

सबै जनसंघर्ष र जनविद्रोहलाई राज्यले शान्ति प्रक्रियाको अवधिमा मान्यता दिएर संविधान निर्माण गरेको भए पनि टीकापुर घटनाको आडमा थारु जनविद्रोहलाई मात्र त्यसबाट अलग राख्न र आपराधिक करार गर्न नमिल्ने मोर्चाको ठहर छ ।

मोर्चाले टीकापुर विद्रोहलाई सामान्य न्यायिक प्रक्रियाबाट नभई राजनीतिक प्रक्रिया र सहमतिबाट निरुपण गरिनुपर्ने माग गरेको छ । टीकापुर घटनालाई कुनै दोहोरो मापदण्ड नअपनाई राजनीतिक तवरबाट टुंग्याउनुपर्ने मोर्चाको माग छ ।

मोर्चाको केन्द्रीय संयोजन समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘।किनकि टीकापुर जनविद्रोह केवल टीकापुरको वा थारुहरुको मात्र विद्रोह होइन । सबै किसिमको शोषण, उत्पीडित र समानताको माग यस घटनासँग अन्योन्याश्रित तवरमा जोडिएको छ ।

सँगै राज्य पुनर्संरचना र संघीय सीमांकनको अपुरो कार्यलाई पूर्णता दिने पेचिलो राजनीतिक मुद्दा यसको केन्द्रमा छ । त्यसैले टीकापुर घटनाका राजबन्दीहरु सिंगो देशलाई लोकतान्त्रीकरण गर्ने कार्यभार बोकेका आस्थाका बन्दीहरु हुन् ।’

थारु विद्रोहका क्रममा पक्राउ परेका बन्दीको रिहाइ लगायतका माग गर्दै मोर्चाले मंगलबारदेखि तीन दिन काठमाडौंको माइतीघरमा ‘थारु प्रदर्शन’ गर्ने पनि विज्ञप्तिमार्फत जनाएको छ ।

६ वर्षअघि टीकापुरमा थरुहट आन्दोलनकारीको आक्रमणमा परी जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ६ सुरक्षाकर्मीको मृत्यु भएको थियो । दुई वर्षका बालक टेकेन्द्र साउदको पनि मत्यु भएको थियो ।

 

 


३२ साउन २०७८, सोमवार १९:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु