सुदूरपश्चिममा थप १८ जनामा कोरोना पुष्टि
सुदूरपश्चिममा थप १८ जनामा कोभिड–१९को संक्रममण पुष्टि भएको छ। पछिल्ला २४ घण्टामा प्रदेशभर ८ सय ७९ जनाको नमुना परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको हो।
प्रदेशभर एन्टिजेन बिधिबाट ७ सय ७३ जनाको नमुना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै पिसिआर बिधिबाट ११६ जनाको कोरोना परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य निर्देशनालय दीपायल डोटीले जनाएको छ ।
यस्तै प्रदेशमा आज ३८ जनाले कोरोना जितेर घर फर्किएका छन्। हाल सम्म प्रदेशमा ५७९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । भने, ४५ हजार ७ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
३० साउन २०७८, शनिवार १९:२४ बजे प्रकाशित






























