punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा एक वर्षमा १६० वटा महिला हिंसाको घटना

Chaupati
safha napa

बैतडी । बैतडीमा एक वर्षको अवधिमा १६० वटा हिंसाका घटना भएका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाका अनुसार गत आर्थिक वर्ष दर्ता भएका १६० वटा उजुरीमध्ये अधिकांश महिला हिंसाका घटना छन् ।

उजुरी जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पाटनमा दर्ता भएका हुन्। उजुरीमध्ये १७ वटा जबरजस्तीकरणीका छन्। पाँचवटा जबरजस्तीकरण उद्योगका छन्। बहुविवाहका दुई, बाल विवाहका दुई, अवैध गर्भपतनसम्बन्धी एउटा र मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धि दुईवटा छन्।

यस्तै‚ घरेलु हिंसासम्बन्धी ४० वटा ठाडो उजुरी दर्ता भएका र सबै मिलापत्र गरेर टुंगिएका छन्।

हिंसाको मुख्य कारण मदिरा

महिलामाथि हुने  हिंसाका घटनाहरु बढीजसो  मदिरा सेवनका कारण हुने गरेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए। उनले भने, ‘प्रहरीलाई फोनमार्फत होस् वा उजुरीमा पनि मदिरा सेवनका कारण घटना भएको भन्ने आएका हुन्छन्।’

प्रहरीमा आउने उजुरीमा मात्रै नभएर स्थानीय तहमा रहेका न्यायिक समितिमा पनि मदिराकै कारणले हिंसामा परेका भन्ने उजुरीहरु आउने गरेका छन्। शिवनाथ गाउँपालिकाका न्यायिक समितिका संयोजक तथा उपाध्यक्ष कुष्मा चन्दले पनि मदिराका कारण महिलाहरु हिंसामा परेर आउने गरेको बताइन्।


३० साउन २०७८, शनिवार १४:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु